प्युठानमा दशर्नार्थी चढेकाे जीप खोलाले बगायाे, ३ को मृत्यु
प्युठान । प्युठानको स्वर्गद्धारी मन्दिरबाट घरतर्फ फर्कदै गरेका दाङको उरहरीका ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।
प्य्ठानको भिंगृ १ स्थित मुहानखोलाले बा १४ च ३८३९ नम्वरको ११ जना सवार स्कारपीओ जिपलाई खोलाले बगाउँदा तुलसीपुर १९ उरहरीका ६५ वर्षका सुकदेव खनाल, १९ वर्षकी विमला खनाल र १३ वर्षकी अस्मिता खनालको मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय प्यूठानले जानकारी दिएको छ ।
दुर्घटनामा उहरीकै कौशिला खनाल, शारदा खनाल, बसन्ता खनाल, दुवा खनाल र कमला खनाल घाईते भएका छन् । गाडी चालक कवित चौधरी र अन्य २ जना यात्री सकुसल रहेको बताइएको छ ।
घाईतेलाई उपचारका लागि कोहलपुर लगिएको छ ।
२५ वैशाख २०७३, शनिवार १४:४२ बजे प्रकाशित