सिन्धुलीका ग्रमिण भेगमा एक गाग्रो पानीको ५० रुपैया
सिन्धुली, १९ चैत । विनाशकारी भुकम्प र लामो समयदेखीको खडेरीका कारण खानेपानीका मुहान सुकेपछि सिन्धुलीका ग्रमिण भेगका बृद्धबृद्धा पानी किनेर पिउन थालेका छ । भुवनेश्वरी गाविस–७ मा बस्दै आएका ७० बर्षका पूर्ण बहादुर कामी ठकुरीका श्रीमान श्रीमती खानेपानी बोकेर घरमा ल्याउन सक्दैनन् ।
उनीहरुले गाउँका मानिसलाई एक गाग्रो पानी ल्याउनको लागि ५० दिने गरेका छन ।
यस्तै नियक्ती खानेपानीको मुहान सुकेपछि सिन्धुलीका तिन दर्जन भन्दा बढी गाविसका स्थानीयहरु भोग्न बाधय छन । दुई देखी तिन घण्टाको बाटो पैदल हिडी खानेपानी बोकेर ल्याउनु परिरहेको उनीहरुको गुनासो छ । युवाहरु रोजगारीको सिलसिलामा विदेशमा गएपछि पानी किनेरै जिविकोपार्जन गरिरहेको स्थानीय पूर्णबहादुर कामी ठकुरीले बताए । हर्षाही गाविसका करिब ८ हजार ६८ परिवार पनि शुद्ध पिउने खानेपानीबाट वञ्चित भएका छन् । विद्यार्थीहरू समेत पानी पिउनका लागि लामो बाटो हिड्दै कमला नदी पुग्ने गरेका छन् । – रुद्र खड्का
१९ चैत २०७२, शुक्रवार १०:३५ बजे प्रकाशित