सडकमा ढुंगा खोपेर जिविकोपार्जन
- केशव भुल, चैत २०७२ । “अरु मान्छेलाई त धेरै काम आउछ पढेलेखेका छन् तर के गर्नु आफुले पहीले लेखपढ गरीएन, यो भन्दा अरु काम गर्न जानेकै छैनौ हामीले अब बाच्दा सम्म यही गरेर पेट पालीन्छ ।” चितवन घर भई हाल चाबहील चोक नजीकैको सडक छेउमै राममिलन कुस्बारीयाले ढुंगा खोपेर बिभीन्न सामाग्री निर्माण गर्न थालेको ५ बर्ष बित्यो । कुस्बारीयाले सानै उमेर देखी आमा बुबाको पुख्यौली पेशालाई निरन्तरता दिईरहेका छन् । “राममिलन भन्दछन् हुन त मैले यो पेशा प्यवसाय गर्न थालेको सानै उमेर देखी हो सुरुमा आफ्नै घरमा बसेर गरीयो, त्यहा केही आम्दानी नहुने भएपछी अहीले राजधानी काठ्माण्डौमा आएर गरीरहेको छु ।” उनी थप्छन्, “सुरुमा त बसपार्कमा गरे ५ बर्ष जती फेरी त्यहा भन्दा राम्रो काम गरेर कमाउन सकीन्छकी भने अहीले चाबहीलमै गरीरहेको छ ।” यस्तै बुटवलका मिना कुस्बारीया र दुर्गेश कुस्बारीयाको जोडी पनी बिगत ५ बर्षदेखी नै चाबहील ओम हस्पीटल नजीकै यो पेशा व्यवसाय गरीरहेको छ । उनीहरु आफुसंग लगानी गर्ने पैसा नहुदा यही काम गर्नुपर्ने बाध्यता रही आएको बताउछन् ।
मिना कुस्बारीया भन्छीन “पैसा हुने त व्यापार गर्छन, ठुला महल बनाउछन् तर हामीले के गर्नु यही सडक हाम्रो प्यापार गर्ने ठाउ हो ।” मिनाका श्रीमान दुर्गेश भन्छन् “अरु मान्छेलाई त धेरै काम आउछ पढेलेखेका छन् तर के गर्नु आफुले पहीले लेखपढ गरीएन, यो भन्दा अरु काम गर्न जानेकै छैनौ हामीले अब बाच्दा सम्म यही गरेर पेट पालीन्छ ।” यती मात्र होईन रुपन्देही बुटवल घर भई हाल गोंगबु बसपार्कमा यस पेशामा आबद्ध झिनक कुस्बारीया बिगत ४ बर्ष देखी राजधानी काठमाण्डौमा आएर यो पेशा व्यवसाय गरीरहेका छन् । तर झिनक बुटवलबाट सरेर काठमाण्डौ उपत्यकामा आएर यो पेशा व्यवसायलाई निरन्तरता दिदा पनी त्यती राम्रो आम्दानी नहुनेभएपछी बिदेश जाने तयारीमा छन् । झिनक भन्छ्न “धेरै पटक सिलौटो, खलौटो, ओखल तथा जातो महानगरपालीकाले लिएर गएको छ, पछी महानगरपालीकाको कार्यालयमा गएर पैसा तिरेपछी मात्रै आफ्ना सामाग्री फिर्ता पाएको छु ।”
काठमाण्डौ उपत्यकामा यो पेशा व्यवसाय गर्नेहरु एकदमै गाह्रो भईरहेको अनुभव सुनाउछन् । बनस्थलीमा यस्तै काम गरीरहेकी गुडिया कुस्बारीया बेला बखतमा बिभिन्न निकायले दुख दिईरहेको पिडा सुनाउछीन् । उनी भन्छीन “प्रहरी प्रकाशनले एक दुई दिन मात्र भयो अर्कोठाउबाट अहीले बसीरहेको ठाउमा सराएको” थप्दै गुडीया भन्छीन “पुरानो ठाउबाट अहीले अर्को ठाउमा सर्दा खुला सडकमै फोहोर ठाउमा खाना खाने सुत्ने गरेका छौ मेरो परीवारले”
सडकको पेटीमा बसेर यि ढुंगा खोपेर ढुंगाका बिभीन्न सामाग्री निर्माण गर्नेहरु बिहान ७ बजेदेखी साझ ७ बजेसम्म सडकका धुलो धुवा तथा घाम पानीलाई बास्ता नगरी काममा लागेका भेटीन्छन् ।
यसरी ढुंगा खोपेर निर्माण गरी बिभीन्न सामाग्रीका लागी चाहीने ढुंगा बुटवल र भारतबाट समेत खरीद गरेर उनीहरु ल्याउने गर्छन । जातो एक दिनमा एउटा मात्र बनाउन सकीने तर सिलौटो, खलौटो तथा ओखल दिनमा ३ देखी ४ बनाउन वटा सम्म बनाउन सकीन्छ ।
काठमाण्डौ उपत्यकाका बिभीन्न ठाउहरुमा यी मानीसहरुले ढुंगा खोपेर बिभीन्न सामाग्री निर्माण गर्दै आफ्नो जिबिकोपार्जन गरीरहेका छन् । राजधानी काठमाण्डौको चाबहील, गोंगबु बसपार्क, बनस्थली र कोटेश्वर जडीबुटीको सडक पेटीमा उनीहरुले ढुंगा खोपेरै सिलौटो, खलौटो, ओखल तथा जातो निर्माण गरेर जिबिकोपार्जन संगै आफ्नो पेशा व्यवसायलाई निरन्तरता दिईरहेका हुन् ।
एउटा सिलौटो, खलौटो, ओखल, तथा जातो बनाए बाफत त्यसको आकार प्रकार हेरी कम्तीमा ५ सय देखी २ हजार ५ सय सम्ममा बिक्री बितरण हुन्छ । कहीलेकाही एकै दिनमा ५ हजार सम्मका सामाग्री बिक्रीबितरण हुने त कहीले कत्ती पनी नहुने गरेको यस पेशामा आबद्धहरुको भनाई रहेको छ ।
१९ चैत २०७२, शुक्रवार १५:४१ बजे प्रकाशित