झापाका तीन सय नौ विद्यार्थी एसएलसी दिनबाट वञ्चित

झापा, ११ चैत । एसएलसी परीक्षामा झापाबाट  ३ सय ९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका छन् । परीक्षामा सहभागी हुनका लागि विद्यार्थीले कम्तीमा पनि ७५ प्रतिशत विद्यालयमा हाजिरी भएको हुनुपर्नेमा हाजीरी नपुगपछि  उनीहरु परीक्षा दिनैबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ । यसबर्षको एसएलसी परीक्षाका लागि झापाका १०४ वटा माध्यमिक विद्यालयबाट आवेदन भरेका ३०९ जना विद्यार्थी हाजिरी नपुगेका कारण परीक्षा दिनबाट वञ्चित भएका हुन् । गत वर्ष ७ सय १७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका थिए । यसवर्षको एसएलसीमा झापाबाट १६ हजार ९८५ जना विद्यार्थी सहभागी हुन्दैछन ।

११ चैत २०७२, बिहीवार ०६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु