राष्ट्रपतिबाट सर्वसाधारणलाई टीका, पूर्वराजा भने असन्तुष्ट

/fi6«klt 8f /fdj/0f ofbjaf6 /fi6«klt ejg zLtn lgjf;df ;j{;fwf/0fnfO{ ljhof bzdLsf] cj;/df 6Lsf / hd/f k|bfg  . tl:a/ M /f]zg  ;fksf]6f, /f;;

काठमाण्डौँ, कात्तिक ५ । गणतन्त्र नेपालको पहिलो र नयाँ संविधान जारी भएपछिका पनि पहिलो तर पदमा छदैँ अन्तिम टीकाका रुपमा राष्ट्रपति डा. रामवरण यादवले यस बर्ष पनि सर्वसाधारणलाई टीका लगाई दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार सर्वसाधारणलाई विजयादशमीको टीका उनले लगाईदिदा धेरै मानिसहरुको भीड लागेको थियो ।

समाजका प्रतिष्ठित व्यक्तित्व, महिला, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, निजामती एवम् जङ्गी सेवाका बहालवाला तथा पूर्वकर्मचारीलगायत सयौँ नेपाली नागरिकलाई राष्ट्रपतिले टीका लगाइदिएका थिए । राष्ट्रपति यादवले टीका लगाएसंगै राष्ट्र र देशवासीको सुख, समृद्धि र शान्तिको कामना समेत गरेका थिए ।

राष्ट्रपति कार्यालयले विजयादशमीका दिन इच्छुक सर्वसाधारणलाई राष्ट्रपतिको हातबाट टीका लगाउनका लागि अपराह्न १ः३० बजेदेखि साँझ ५ बजेसम्म शीतल निवासको ढोका खुला गरेको थियो ।

/fi6«klt 8f /fdj/0f ofbjaf6 /fi6«klt ejg zLtn lgjf;df ;j{;fwf/0fnfO{ ljhof bzdLsf] cj;/df 6Lsf / hd/f k|bfg  . tl:a/ M /f]zg  ;fksf]6f, /f;;

FILE - In this July 7, 2011 file photo, Nepal's former King Gyanendra listens to a supporter on his 64th birthday at his residence in Katmandu, Nepal. The last king of Nepal is in stable condition in a hospital after suffering a heart attack, doctors said Sunday, Sept. 21, 2014. (AP Photo/Binod Joshi)

यस बर्ष पूर्वराजाले टीका कार्यक्रम नै गरेनन्

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले यस बर्ष सर्वसाधारणलाई त के आफैले पनि गतिलो सगं टिका नलगाएको बुझिएको छ।

केही दिन अघि एक वक्तव्य जारी गर्दै पूर्वराजा शाहले संविधान निर्माण प्रक्रियामा मधेसी दललाई समावेश नगरेको भन्दै असन्तुष्ट रहेको औपचारिक रुपमै सार्वजनिक गरेका थिए ।

सोही असन्तुष्टतासंगै पछिल्लो समय भारतले लगाएको नाकाबन्दीका विरुद्ध नै उनी चिन्तित देखिएको पनि उनी निकट श्रोतले जनाएको छ। सोही कारण यस बर्ष उनले सर्वसाधारणलाई टीका लगाईदिने कार्यक्रम समेत नराखेका हुन् ।

उनले आफ्नै निर्मल निबासमा समेत पोहोर परार जस्तो खुसी र उल्लासले दशैँ नमनाएको पनि उनका सहयोगी फणीराज पाठकले पब्लिकखबरलाई बताएका छन् ।

५ कात्तिक २०७२, बिहीवार १८:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु