मधेसी मोर्चाका नेताहरु भारततर्फ

imagesकाठमाडौं, ३० फागुन । तराई केन्द्रित दलहरु सम्मिलित मधेसी मोर्चाका नेताहरु फेरि भारततर्फ गएका छन् ।
तराई मधेस लोकान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपाध्यक्ष हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र, लगायतका नेताहरु आइतबार विहान दिल्ली गएका हुन् । तमलोपाका केन्द्रीय सदस्य चन्दा चौधरी अध्यक्ष रहेको नेपाल भारत महिला मैत्री समाजको निमन्त्रणामा नेताहरु नेपाल एयरलाइन्सको फ्लाइटबाट भारत गएका हुन् । कार्यक्रममा मधेसी मोर्चाका नेताहरुका साथै नेपालबाट अधिकारकर्मी दमननाथ ढुंगाना, विजयकान्त कर्ण लगायत पनि गएका छन् । मधेस मुद्दा सम्बोधन गर्न दबाब दिने भन्दै हुन लागेको कार्यक्रममा सहभागी हुन नेताहरु त्यसतर्फ गएका हुन् ।

३० फागुन २०७२, आइतवार ०६:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु