प्रधानमन्त्री ओली र मुख्यमन्त्री नितिशबीच भेटवार्ता

Chief Minister of Bihar Nitish Kumar shaking hands with Prime Minister KP Sharma Oli at the latter’s official residence, in Baluwatar, Kathmandu, on Wednesday, March 2, 2016. Photo: THT

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भारत विहारका मुख्यमन्त्री नितीश कुमारले शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र भारत विहार राज्यका मुख्यमन्त्री नितीशले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा दुई देशबीचको प्राकृतिक सम्बन्धलाई अझै कसरी विकास गर्न सकिन्छ भन्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

“भेटका क्रममा प्रधानमन्त्रीले नयाँ संविधान जारी भएका अवस्थामा त्यसको कार्यान्वयनसँगै नेपाल आर्थिक विकासको बाटोमा अगाडि बढिरहेको बताउनुभयो”– दाहालले भने । मुख्यमन्त्री नितीशले प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि दुई देशबीचको सम्बन्ध राम्रो हुँदै गएको बताए ।

रासस

२० फागुन २०७२, बिहीवार ००:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु