महराको राजनीतिक पुनरागमन पछि चिनियाँ राजदुत संग भेटघाट
पूर्व सभामुख कृष्णबहादुर महराको राजनीति पुनरागमन भए लगतै नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी संग महत्त्वपूर्ण भेटघाट भएको छ ।
नेपाल कमन्युष्ट पार्टी नेकपा बिभाजन भएपछि राजनीतिमा उदाएका महरा संग राजदुत यान्छीले शुक्रबार महरा निवास खुमलटार पुगेर समसामयिक बिषयमा छलफल गरेकी हुन ।
वर्तमान प्रधानमन्त्रीले एकलौटी रुपमा संसद विघटनपछि दुई भागमा विभाजित भएको नेकपा भित्र राजनीतिक सरगर्मी बढिरहेकाबेला चिनियाँ कमन्युष्ट पार्टी संग नजिक देखिने महरालाइ गरेको भेटघाटलाई अर्थपूर्ण रुपमा ल्याइएको छ ।
१० पुस २०७७, शुक्रवार १८:३७ बजे प्रकाशित





