थप ६१३ संक्रमित , ५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ६१३ जनाको कोभिड १९ संक्रमण देखिएको छ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ ।
यससँगै देशभर संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म देशभर १ हजार ८०८ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।
अहिले देशभर ७ हजार ३८४ जना सक्रिय संक्रमित छन् ।
९ पुस २०७७, बिहीवार १७:०५ बजे प्रकाशित