मोदीद्धारा ओलीलाई राजकीय सम्मान र स्वागत
- काठमाडौँ, ८ फागुन । एक साता लामो भ्रमणको लागी दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समकक्षी नरेन्द्र मोदीले राष्ट्रपति भवनमा राजकीय सम्मानका साथ स्वागत गरेका छन्।
ओलीलाई राष्ट्रपति भवनमै गार्ड अफ अनरको सम्मान दिइएको छ। प्रधानमन्त्री ओलीले र समकक्षी मोदीलाई मध्यान्ह १२ बजे हैदरावाद भवनमा भेटेका हुन् ।
ओलीले आजै विदेशमन्त्री सुषमा स्वराजसँग पनि अलग्गै भेट्ने कार्यक्रम छ। दुई देशबीच सम्झौता आदानप्रदान र संयुक्त प्रेस वक्तव्य पनि आजै जारी हुने बताइएको छ।
आजै साँझ प्रधानमन्त्री ओलीसँग भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ताको कार्यक्रम रहेको छ ।
८ फागुन २०७२, शनिवार ०६:१६ बजे प्रकाशित