प्रधानमन्त्रीले देशद्रोह गर्नुभयो, कानुनअनुसार कारबाही गर्नुपर्छ- ओमप्रकाश अर्याल
अधिवक्ता ओमप्रकाश अर्यालले संसद विघटन सिफारिस गरेर संविधानमाथि आक्रमण गरेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यविरुद्धको अपराधमा कारबाही गर्नुपर्ने बताएका छन् ।
मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गरेपछि प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीका कारण संविधान क्षतविक्षत भएको, संविधान र राष्ट्र नै असुरक्षित भएको भन्दै उनलाई देशद्रोहको आरोपमा कारबाही गनुपर्ने बताएका हुन् । ।
प्रधानमन्त्रीले जे कदम उठाउनुभयो, राज्यविरुद्धको अपराध हो, राज्यविरुद्धको अपराध भनेको राजनीतिक आक्षेप मात्र होइन, कानुनी कुरा पनि हो, त्यसैले उहाँलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ’ उनले भने ।
५ पुस २०७७, आइतवार १४:३४ बजे प्रकाशित





