नक्कली सुन प्रकरणमा चार पक्राउ

बनेपा, ७ माघ । नक्कली सुन प्रकरणमा प्रहरीले चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम, स्थान गोप्य राखिए पनि त्यसको नेतृत्व दिलीप थापामगरले गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।
उहाँले झन्डै तीन साताअघि नक्कली सुनको नाममा काभ्रेपलाञ्चोकमा रु ३२ लाख ठगेकाले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको बताए ।
प्रहरी उपरीक्षक बास्तोलाले सो घटनाका बारेमा बिहीबार पत्रकार भेटघाटको आयोजना गरी विस्तृत जानकारी दिनेसमेत बताए ।
६ माघ २०७२, बुधवार २२:५९ बजे प्रकाशित