त्रिवेणी धाममा दर्शनार्थीको घुइँचो
परासी, १ माघ । माघे सङ्क्रान्तिको अवसरमा नवलपरासीका त्रिवेणी धामलगायत चर्चित तीर्थस्थलमा आज बिहानैदेखि तीर्थालु भक्तजनको घुइँचो लागेको छ ।
नवलपरासीको त्रिवेणी धामसहित नारायणी नदीका आसपासका क्षेत्रमा बिहानैदेखि स्नान साथै पूजाआजा गर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको हो ।
त्रिवेणी धाममा लुम्बिनी अञ्चलका विभिन्न जिल्ला, चितवनसहित आसपासका जिल्ला र छिमेकी भारतीय क्षेत्रका हजारौँ तीर्थालुको उल्लेख्य सहभागिता रहेको छ ।
विशेषगरी आज माघे सङ्क्रान्तिका अवसरमा विभिन्न धार्मिक तीर्थस्थलमा गई स्नानका साथै पूजाआजा गर्नाले पारिवारिक सुख समृद्धि मिल्ने धार्मिक विश्वास रहिआएको छ ।
१ माघ २०७२, शुक्रवार ०४:३३ बजे प्रकाशित