दोलखाका भूकम्पपीडितलाई ‘दलित समाज’को न्यानो राहत

12400710_417502141774014_3372381439743162323_nकाठमाडौँ, १ माघ । बैशाख १२ पछि २९ मा गएको भूकम्पले क्षतविक्षत भएको दोलखाका भूकम्पपीडितलाई दलित एकता समाजले न्यानो कपडा राहत वितरण गरेको छ ।

मुलुकका विभिन्न ठाउँ तथा विदेशमा रहेका दलित प्रतिनीधिहरुबाट संकलित रकमले राहत वितरण गरिएको समाजकी सचिव सरु सुनारले जानकारी दिइन् ।

दोलखाको मेलुङ गाबिसमा रहेका बृद्ध तथा बालबालिकालाई सञ्जालले राहत वितरण गरेको हो । राहत वितरणमा हङकङ अल्पसंख्यक नेपाली समाजका अध्यक्ष असोक गहतराज, अमेरिका निवासी (नासो) का अध्यक्ष गोपाल बिश्वकर्मा,  (ग्लोबल फोरम) अध्यक्ष धर्म बिश्वकर्मा, अमेरिका निवासी  प्रकाश नेपाल , खेम भट्टचन, बिजय लामिछाने साउदीमा कार्यरत  राम रसाइली बिक, निद्रोश नेपाली , हरि परियार रमेश मोहोरा, कुबेतमा कार्यरत रोजन भुसाल, क्यानडामा कार्यरत तेन्जिङ लिम्बू लगाएतको सहयोगले राहत वितरण गरिएको सचिव सुनारको भनाई छ ।

राहत वितरणमा पत्रकार तथा विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो ।

1917254_417502471773981_1239063262092431929_n 10414550_417501921774036_1139727945508934196_n 12400970_417502321773996_5582939641487252564_n 12438961_417501841774044_8802600273578104535_n 12439062_417501938440701_6032489326970115150_n 12507341_417502021774026_6305195186339445769_n 12507390_417501808440714_5751004134817100579_n 12509217_417502175107344_779639818122107098_n 12509540_417501715107390_1762089070009873600_n 12548963_417502365107325_6683484092759688487_n 12573013_417502408440654_2501740694888905594_n

(तस्बिर :सरु सुनारको फेसबुकबाट)

१ माघ २०७२, शुक्रवार ०४:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु