भूकम्पले भारतमा चारको मृत्यु, सयौँ घाइते

झापा, २० पुस । पूर्वी नेपालमा एकाबिहानै ६.८ रेक्टर स्केलको ठूलै भूकम्पको धक्का महसुस गरिएको छ ।

नेपाल र भारतको पूर्वी क्षेत्रमा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ४ बजेर ५३ मिनेटमा भारतको मनिपुरको राजधानी इम्फालको ३३ किलोमिटर दूरीमा पर्ने मैनपुरलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रिक्टरको भूकम्प गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पमा परि अहिलेसम्म चार जनाको मृत्यु भएको छ । भूकम्पमा परि एक सय भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

झापासहित पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा,मोरङ,सुनसरीमासमेत भूकम्पको धक्का महसुस गरिएको छ ।
सो भूकम्पले भारतको पश्चिम बङ्गालको केही भूभागमा भौतिक क्षति पु¥याएको अनुमान गरिएको छ ।

२० पुस २०७२, सोमवार ०२:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु