कोरोना संक्रमित गर्भवतीको लाई डेलिभरी गराउँछौं – प्रसुति अस्पतालका निर्देशक गौतम
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण उपत्यकाका विभिन्न अस्पतालहरुमा अहिले बिरामीको चाप शून्य जस्तै भइरहेका बेला प्रसुति सेवामा भने खासै असर नगरेको देखिएको छ।
थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा प्रसुति सेवा लिनेको संख्यामा केही कमि भएपनि सेवा दिनेहरुको चाप उस्तै छ।
कोरोना भाइरस संक्रणको त्रास भइरहेका बेला गर्भ चेकजाँच तथा डेलिभरीका लागि अस्पताल पुग्नेहरुको संख्यामा खासै कमि नआएको अस्पतालले जनाएको छ। उसो त गर्भवती हुनु र सुत्केरी हुनु एक प्राकृतिक प्रकृया भएको चिकित्सकहरुले बताएका छन्। यसलाई रोकेर रोक्न वा छेक्न मिल्दैन।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि देशभर लकडाउन गरेको छ। तर पनि अस्पतालमा प्रसुति सेवा लिनेहरुको संख्या उस्तै भइरहँदा अस्पतालले यसको व्यवस्थापन कसरी गरिरहेको छ। यसै विषयमा केन्द्रित भएर परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका निर्देशक जागेश्वर गौतमसँग गरिएको कुराकानी
कोरोना भाइरसको संक्रमण बढिरहेका बेला अस्पतालमा सेवा लिन पुग्नेहरुका लागि कस्तो साबधानी अपनाउनु भएको छ ?
हाम्रो प्रसुति तथा स्त्री रोग अस्पताल हो। हाम्रो अस्पताल कोरोना भाइरस कोभिड–१९ को उपचार गर्ने अस्पताल होइन। तर कोभिडको उपचार गर्ने अस्पताल नभए पनि साबधानी त अपनाउनै पर्छ।
हामी कहाँ प्रसुति सेवा लिनका लागि धेरै जना आउनुहुन्छ। तर को संक्रमित हुनुहुन्छ, को संक्रमित हुनुहुन्नँ भन्ने कुरा इन्कुवेसन पिरियडमा थाहा हुँदैन। जसका कारण हामीले पहिले नै सूचना जारी गरेका छौँ। अति आवश्यक नपरि अस्पताल नआउनुस्। किनभने अस्पतालमा डिजिज ट्रन्समिट पनि हुन सक्छ। रोग नलागेका मानिसलाई रोग लाग्न पनि सक्छ।
इमेरजेन्सी हुँदा मात्र आस्पताल आउने गर्नुस्। तापाईहरुको जुन एन्टिनटल जाँचीरहनु भएको छ। जुन औषधि चिकित्सकले दिनुभएको छ। त्यही औषधि थपेर खानुस्। सकेसम्म घर बाहिर ननिस्कनुस् भन्दै आएका छौँ। र साथसाथै घर बाहिर निस्कनै पर्ने भएमा अनिवार्य मास्क लगाउनुस्, सेवा लिन आएका प्रत्येकले एक व्यक्तिले अर्को व्यक्तिसँग दूरी ९सोसल डिस्ट्यान्सिङ० कायम गर्नुहोस् भनेर सुझाब दिँदै आइरहेका छौँ।
यसका साथै अस्पतालको गेटमा आउने बित्तिकै साबुन पानीले हात धुने व्यवस्था गरेका छौँ। बिरामीको भिजिटर एक जना मात्र आइदिन आग्रह गरेको छौँ। यसरी नै हामीले अस्पतालमा सेवा लिन आउनेहरुलाई विभिन्न माध्यबाट सुसुचित गराउने काम गरिरहेका छौँ। यति मात्र नभएर हामीले हाम्रो वेबसाइटमा समेत यी सबै कुरा उल्लेखित गरेका छौँ।
अस्पताल प्रसुति सेवा लिन पुग्नेहरुमा कोरोना भाइरस संक्रमणको त्रास कस्तो छरु उहाँहरुलाई अस्पतालले सम्झाउनु पर्ने अवस्था छ कि छैन ?
कोरोना भाइरस संक्रकणको त्रास अहिले अस्पतालमा मात्र नभएर जताततै नै छ। यस कारण अस्पतालमा सेवा लिन आउनेहरु तर्सिन्छन्। जसले जानेका छन्, बुझेका छन् उनीहरु त्रसित छन्। जसले जानेका छैनन्, बुझेका छैनन्, उनीहरु त्रसित छैनन्। र सानो सानो कुराका लागि पनि बाहिर निस्किरहेका छन्। अस्पताल पुगिरहेका छन्। अस्पताल नै पुगेपछि उनीहरुलाई हामी चेकजाँच गर्नुका साथै ‘यती सानो कामका लागि अस्पताल नआनुस्’ भनेर सम्झाई बुझाई घर पठाउने गरेको छौँ।
अस्पतालमा आएका वा भर्ना भएकाहरुलाई समेत हामी बारबार सम्झाइरहेका छौँ। पटक पटक साबुनपानीले हात धुने वा ७० प्रतिशत अल्कोहल भएको सेनेटाइजर प्रयोग गर्नु, दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने जस्ता कुरा सम्झाइरहेका छौँ। त्रसित त सबै छन्। तर डर र डराए अनुसार सेवा लिन आउनेहरुमा अझैसम्म कमि भने देखिएको छैन। हाम्रो ओपिडीमा ४० देखि ५० जना बिरामी आइरहेका छन्। कोही इमेरजेन्सीका हुनु हुन्छ भने कोही सेमिइमेरजेन्सि भएर अस्पताल पुग्नु भएको छ।
यसरी अस्पताल पुग्ने सबैलाई हामी उहाँहरुको समस्या अनुसार चेकजाँच गरेर पठाउने गरेका छौँ। तर सानो सानो कुरामा अस्पताल पुग्ने धेरैको बानी पनि भएका कारण यो कुरामा यस्तो गर्नु हुदैन भनेर सु–सुचित गर्न अत्यन्तै आवश्क छ।
अस्पताल सेवा लिन पुग्नेहरुमा ज्वरो आएको छ भने कसरी डेलिभरी गराउने व्यवस्था गर्नुभएको छ ?
अस्पतालमा आकस्मिक कक्षमा आउनेलाई सबै भन्दा पहिला ज्वरो नाप्ने गरेको छौँ। डेलिभरीमा ज्वरो आएका गर्भवतीलाई राख्न वा उनीहरुको डेलिभरी, शल्यक्रयाका लागि छुट्टै वार्डको व्यवस्था गरेको छौँ।
ज्वरो आएकालाई डेलिभरी नगर्ने र भर्ना नगर्ने भन्ने त हुदैन। भर्ना गर्छौँ डेलिभरी पनि गर्छौँ र परेको खण्डमा शल्याक्रिया पनि गर्छौँ। तर यस्ता शंकास्पद गर्भवती आएका खण्डमा उनीहरुको अन्य लक्षण हेर्छौँ र ‘थ्रोट स्वाव’ संकलण गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको छौँ।
रिपोर्ट नेगटिभ आए हामी नै राख्छौँ। यदी रिपोर्ट पोजेटिभ आए कोरोना भाइरस संक्रमितको उपचार हुने हब अस्पतालहरुमा पठाउछौँ। तर पनि कोही पहिलेनै कोरोना पोजेटिभ गर्भवती डेलिभरीका लागि आएमा त्यसका लागि छुट्टै वार्ड तयार पारेका छौँ। पोजेटिभ देखिएकालाई त्यही डेलिभरी गराउने छौँ।
अहिले अस्पतालमा प्रसुति सेवा लिनेहरुको चाप कस्तो छ ?
हामी कहाँ दैनिक डेलिभरी हुनेको संख्या ६० देखि ७० जनाको हुने गरेको थियो। यो संख्या अल्लि घटेर दैनिक ५० देखि ६० जनाको डेलिभरी भइरहेको छ। ‘एभ्रेज’मा १० जना जति घटेको छ। यसको मुख्य कारण भनेकै लकडाउन हो। उनीहरु सजिलै अस्पताल आउन पाएका छैनन्। आफ्नो साधन वा पब्लिक साधनमा हिँड्ने मानिसलाई अस्पताल पुग्न गाह्रो भइरहेको छ। तर एम्बुलेन्समा आउनेहरु भने आइरहनु भएको छ।
हाम्रो अस्पतालमा प्रसुति सेवा लिन आउनेहरुको चाप उस्तै छ। हुन त बिरामी र अस्पतालको प्रकृति हेरेर पनि केही कुरा हुन्छ। डेलिभरीलाई हामी रोक्न सक्दैनौँ। ब्येथा लाग्दा के गर्नेरु कि त घरमा डेलिभरी हुने कि अस्पताल आउने यती दुई वटा विकल्प त छ नि गर्भवतीसँग। जो अस्पतालसम्म पुग्नु हुन्छ उहाँको अस्पतालमै डेलिभरी भइरहेको छ, जो पुग्नु सक्नु हुन्न उहाँहरुको बाटोमै वा घरमै डेलिभरी भइरहेको छ ।
तर यसरी घरमा वा बाटोमा डेलिभरी हुनु सुरक्षित छैन। हामीले पहिल्यैबाट भन्दै आइरहेका छौँ। स्वास्थ्य संस्थामा डेलिभरी हुनु पर्छ। आज भन्दा २० वर्ष अगाडि ९ प्रतिशतको स्वास्थ्य संस्थामा डेलिभरी हुने गर्थ्यो भने अहिले ५९ प्रतिशतको स्वास्थ्य संस्थामा हुने गरेको छ। हामीले स्वास्थ्य संस्थामा हुने डेलिभरीलाई प्रत्साहान दिने गरेको छौँ। इमेरजेन्सि पर्दा विरामी अस्पताल आउँनै पर्छ।
यति मात्र नभएर हामी कोरोना भाइरस संक्रमित गर्भवती अस्पताल पुग्नु भयो र लेवर पेन सुरु भयो भने उहाँको पनि डेलिभरी गछौँ। सुरक्षा सामग्री प्रयाग गरेर गछौँ।
अहिले डेलिभरीका लागि उपत्यकाका बाहिरबाट अस्पताल पुग्नेहरुको संख्या कस्तो छ ?
सायद यातायातको सुविधा नभएर हुन सक्छ। अहिले उपत्यका बाहिरबाट आउनेको संख्या कम देखिएको छ। उपत्यका भित्रकै धेरै हुनुहुन्छ। अहिले हाम्रोमा विभिन्न निजी अस्पतालका साथै टिचिङ्, वीर, पाटन अस्पतालमा एन्टिनेटल गरेकाहरु समेत आइरहनु भएको छ।
गर्भवती कोरोना भाइरस संक्रमित भएको खण्डमा बच्चा संक्रमित हुने सम्भावना कति हुन्छ ?
बच्चा पेटमा हुँदा संक्रमित हुँदैन। पलासेन्टा ९साल०बाट यो सर्दैन। डेलिभरीमा पनि सर्दैन। तर डेलिभरी पछि भने सबधानी नअपनाएको खण्डमा संक्रमित हुने सम्भावना धेरै हुन्छ।
जसले गर्दा डेलिभरी पछि आमाले ‘पर्सनल हाईजेन मेन्टेन’ गर्न अत्यन्तै जरुरी छ। किनभने यो बच्चाको शरीरमा छोएर सर्ने होइन। बच्चाको नाक, मुख र आँखामा भाइरसले प्रवेश गर्नु भएन। यसका लागि आमाले मास्क लाउनु पर्छ।
बच्चालाई छुँदा वा दूध खुवाउनु भन्दा पहिला साबुनपानीले राम्रोसँग मिचिमिचि २० सेकेण्डसम्म हात धुनु पर्छ। यसो गर्दा बच्चा संक्रमित हुँदैन। संक्रमित आमाले स्तनपान गराउँदा बच्चामा कोरोना भाइरसको संक्रमण सर्दैन।
चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि के गरिरहनु भएको छ ?
हुन त यो कोरोना भाइरस संक्रमितको उपचार गर्ने अस्पताल होइन। तर पनि साबधानी अपनाउनै पर्ने हुन्छ, त्यसका लागि हामीले सबैलाई मास्क, चस्मा लाउन, अनि डेलिभरी र शल्यक्रिया गर्दा बुट लगाउन र बिरामी जाँच्दा वाटर रेसिस्टेन्ट गाउन लगाउन सल्लाह दिएका छौँ। र यी सबै सामानको व्यवस्था गरिदिएका छौँ।
यो सबै वार्डमा काम गर्नेहरुका लागि हो भने यदी कोरोना भाइरस पोजेटिभ आएपनि भने उनीहरुलाई जाँच, डेलिभरी वा शल्यक्रिया गर्दा लगाउनका लागि पीपीईको व्यवस्था गरेका छौँ।
सरकारले सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीको पनि तलव काट्ने घोषणा गरेको छ नि ?
अन्य देशहरुमा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई २ सयदेखि ३ सय प्रतिशत तलब थपिरहेका छन्। तर नेपालमा भने पाइरहेको तलब पनि काट्ने कुरा भइरहेको छ। यसै त तलब कम छ, त्यसमै पनि काट्ने कुरा गलत हो।
माथिल्लो स्तरको भन्दा पनि तल्लो स्तरका जसको दैनिकी त्यही तलबबाटै गुजारा गर्नु परिरहेको छ, उनीहरुलाई गाह्रो हुन्छ। दिनरात बिरामीको सेवामा खटिरहेका छौँ। भाइरसको संक्रमण फैलिँदा पनि हामी काम छोडेर अरु जसरी घर बस्न मिल्दैन। यस्ता व्यक्तिलाई थोरै दिदा राज्यको के बिग्रन्छ ररु अहिले नेपालमा मात्रै होइन, विश्वमै स्वास्थ्यकर्मीले उल्लेखनीय काम गरिरहेका छन्। जोखिम मोलेर दिनरात काममा खटिरहेका छन्।
यो समयमा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्नु पर्ने हो। यसो गर्दा सरकारले स्वास्थ्यकर्मीहरुलाई न्याय गर्न नसकेको जस्तो देखिन्छ। प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले सम्बोधन गर्दै इन्करेज गरेर मात्रै त हुँदैन नि। सरकारले स्वास्थ्यकर्मीको मनोवल घटाउने काम गरिरहेको छ। अझैसम्म पनि स्वास्थ्यकर्मीको महत्व बुझ्न सकेको छैन। खुसी भएर काम गर्नु र प्रेसरमा काम गर्नुमा धेरै नै फरक पर्छ।
-देशसञ्चारबाट
१४ साउन २०७७, बुधवार ०१:३४ बजे प्रकाशित





