भारतिय नाकाबन्दी स्वतः अन्र्तराष्ट्रियकरण भयो : विज्ञहरू
कार्तिक २१ – भारतको नाकाबन्दी स्वतः अन्र्तराष्ट्रियकण भएको विज्ञहरूले बताएका छन ।सरकारले प्रभावकारी रूपमा अन्र्तराष्ट्रियकरण गर्न नसकेको गुनासो आइरहेका बेला कूटनीतिक विज्ञहरूले यो विषय अब स्वतः अन्र्तराष्ट्रियकरण भइसकेको बताएका हुन । राष्ट्रसंघको मानवअधिकारसम्बन्धी जेनेभा बैठकमा भारतको नाम नलिईकनै कडा वक्तव्य दिएर स्वदेश फर्कंदै गर्दा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भने, ‘नेपालको समस्याबारे विश्व जानकार छ । कसले, किन र केका लागि यस्तो असहज अवस्था सिर्जना गरेको छ, विश्व समुदाय जानकार छन् । यसमा विश्वले नेपाललाई साथ दिएको छ ।’कूटनीतिक अनुभवीहरू पनि त्यही ठान्छन् । ‘नेपालको समस्या जानीरनजानी अन्तर्रा्ष्ट्रियकरण भएको छ । यसलाई म मन्द अन्तर्रा्ष्ट्रियकरण भन्न चाहन्छु,’ पूर्वराजदूत राजेश्वर आचार्यले भने, ‘जे हुनु भइसकेको छ । भारतले नेपाललाई किन यस्तो र्गयो भन्ने विश्व समुदायको जिज्ञासा छ ।’
अमेरिकाले नाकाबन्दीका कारण नेपालमा चर्को अभावको अवस्था सिर्जना भइरहेको औंल्याउँदै गम्भीर चासो व्यक्त गरिसकेको छ । नेपालको अवस्थाबारे युरोपेली मुलुकका संसद्मा कुरा उठेको छ । बेलायतको माथिल्लो सदन हाउस अफ लर्डस्मा नयाँदिल्लीको सम्भावित हस्तक्षेपका रूपमा नाकाबन्दी रहेको र यसमा पुरानो मित्र मुलुक नेपाललाई सहयोग गर्नुपर्ने भन्दै सांसदहरूले आवाज उठाएका छन् ।
जेनेभा बैठकमा उपप्रधानमन्त्री थापाको मन्तव्यको त्यहाँस्थित भारतीय नियोगका प्रतिनिधि बीएन रेड्डीले प्रतिवाद गर्दै नेपालमा ‘मानवअधिकार हनन’ भइरहेको तर्क राखेका थिए ।
२१ कात्तिक २०७२, शनिवार ०४:२४ बजे प्रकाशित