प्रचण्डसमक्ष राजेन्द्र महतोको प्रस्ताव- बाबुरामलाई प्रधानमन्त्री बनाऔं

नेकपाको दाहाल नेपाल समूह वैकल्पिक सरकार निर्माण प्रक्रिया प्रारम्भ गर्दैछ भने ओली समूहले आफ्नो सत्ता जोगाउने प्रयास। यी दुबैमा कांग्रेस र जसपा निर्णायक हुनेछ।

संसद पुनर्स्थापनापछि मधेसकेन्द्रीत साना दल मिलेर बनेको जसपाका नेताको दौडधुप बढेको छ। नेकपाको किचलोले कांग्रेसबाट शेरबहादुर देउवाका साथै जसपाबाट बाबुराम भट्टराईको नाम पनि प्रधानमन्त्रीका रुपमा चर्चामा आएको छ।

को प्रधानमन्त्री बन्ला आउने दिनमा देखिँदै जाला। तर अब जसपाको भूमिका कस्तो हुन्छ भन्नेबारेमा हामीले जसपाका शीर्ष नेता राजेन्द्र महतोसँग कुराकानी

जसपाका शीर्ष नेता राजेन्द्र महतोले प्रचण्डसमक्ष बाबुराम प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

महत्तोसंग गरिएको कुराकानी ः

सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ ?

प्रतिगमनलाई अदालतले करेक्सन गर्‍यो। लोकतन्त्रको रक्षा भयो। संवैधानिक मूल्य मान्यताको रक्षा भयो। अदालत धन्यवादको पात्र हो। संविधान ट्रयाकमा आयो।

अब राजनीतिक कसरी अगाडि बढ्छरु तपाईंहरु कसरी अगाडि बढ्नुहुन्छ ?

अब संसद बस्छ। संसदीय प्रक्रिया अगाडि बढ्छ। त्यसको नियम कानुन संविधानअनुसार देश अगाडि बढ्छ।

तपाईहरुको भूमिका चाहीँ के हुन्छ ?

संसदमा हाम्रो जे भूमिका हुनुपर्ने हो हुन्छ। अहिले हामी प्रतिपक्षमा छौं नि। यहीँ भूमिकामा रहन्छौं।

वैकल्पिक सरकार निर्माणको प्रक्रिया अगाडि बढ्ला, जसपाको रोल के हुन्छ? सरकारमा जान्छ कि जाँदैन ?

यसमा परिस्थित के हुन्छ अहिले नै थाहा छैन हामीलाई।

सहमतीय सरकारको अवस्थामा डा। बाबुराम भट्टराई पनि प्रधानमन्त्री बन्ने अवस्था आउन सक्ने चर्चा छ नि ?

हुनसक्छ नि के छ र। अब कस्तो शक्ति समीकरण बन्छ, के बन्छ त्यो त थाहा भएनन नि त। बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउँन त प्रचण्ड जी, मेरो प्रस्ताव छ ।

आउँदो दिनमा जस्तो परिस्थिति आउँछ त्यस्तै तपाईहरुको रोल हुन्छ भनेको हो ?

कस्तो हुन्छ त्यो हामीलाई थाहा भएनन् नि। पार्टीको व्यवस्थाअनुसार पार्टीले निर्णय गर्छ।

तर नेकपाको किचलोले सत्ता समीकरणमा तपाईंहरुको भूमिका त महत्वपूर्ण छ। स्पष्ट बताइदिनुस् न ?

त्यहीँ त हेरौ नि हाम्रो भूमिका कुन बेला कहाँ के देखिन्छ। यतिबेला पार्टीले आवश्यक निर्णय गर्छ।

जस्तो तपाईहरु सरकारमा जाने अवस्था आयो भने के गर्नुहुन्छ ?

होइन होइन यो कुरा पहिल्यै गर्नुहुन्न के।

संविधान संशोधनको एजेण्डा पनि तपाईंहरुको छ ?

भने नि कुन परिस्थिति आउँछ त्यसपछि पार्टीले आवश्यक निर्णय गर्छ। के गर्ने, कसो गर्ने पार्टीले निर्णय गर्छ। त्यतिबेला हामी सोच्ने हो के। फेरि हाम्रा इस्युहरु पनि छन्। सवालहरु छन्। त्यो सबै हेर्नुपर्‍यो। त्यसकारण हाम्रो लागि सत्तामा जान त्यति सहज छैन।

अब तपाईहरुको इस्यु समाधान हुने अवस्थामा त जानुहुन्छ होला नि ?

त्यो परिस्थितिअनुकूल समीक्षा गर्नुपर्छ। के हो समीक्षा गरेर पार्टीले आवश्यक निर्णय लिन्छ त्यतिबेला।

 

१४ फागुन २०७७, शुक्रवार ०८:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु