सडकमा मास्कको कट्टु लगाएर निस्किए पुरुष

बेलायतको राजधानी लण्डन सहरमा कोरोना संक्रमणको बढ्दो कहरका बीच एकजना व्यक्ति मास्कको पेन्टी लगाएर यताउता घुमिरहेको देखियो ।

जिउमा अरु लुगा नलगाएका र मास्कको अण्डरवेयरले गोप्य अंग छोपेका ती युवकलाई देख्ने मानिसहरु ट्वाँ पर्नु स्वभाविकै थियो । सडकमा घुमिरहेका ती युवक धेरै जना महिलाहरुको नजिकबाट समेत हिँडिरहे । आसपासमा रहेका मानिसहरुले उनको तस्वीरु समेत खिचिरहेका देखिन्थे ।

कोरोना भाइरस संक्रमणको बढ्दो प्रभावलाई मध्यनजर गर्दै अक्सफोर्ड लगायत लण्डनका विभिन्न इलाकामा अहिले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू भएको छ । सुपर मार्केटहरुमा समेत मानिसहरु अनिवार्य रुपमा मास्क लगाएर मात्र छिर्न पाउँदछन् ।

यस्तोमा मास्कको अण्डरवेयर लगाएर एकजना युवक सहरमा टहल्नुले धेरैको मनमा अनेक खालका प्रश्न खडा गर्यो ।

अहिलेसम्म अर्धनग्न भएर टहल्ने युवकको पहिचान हुन सकेको छैन । ती युवकमाथि पुलिसले कुनै कानूनी कारवाही गरे नगरेको बारेमा पनि थाहा हुन सकेको छैन ।

अक्सफोर्ड स्ट्रिटको नजिकै टहलिएको देखिएका ती युवकको तस्वीर सोसल मिडियामा भाइरल बनिरहेको छ ।

४ असोज २०७७, आइतवार २३:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु