भिभोको वाई वान एस (Y1s) नेपाली बजारमा

४ साउन, काठमाडौं । भिभोले नेपाली बजारमा वाई सिरिजको भिभो वाई वान एस (Vivo Y1s) सार्वजनिक गरेको छ । युवा प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो फोन बजारमा ल्याएको हो ।
४०३० एमएएच ब्याट्री भएको यो फोनमा ६.२२ इन्चको हलो फुलभियु डिस्प्ले रहेको छ । अरोरा ब्लु र ओलिभ व्ल्याक गरी दुई कलरमा उपलब्ध फोनको मूल्य १२ हजार ९९९ रूपैयाँ तोकिएको छ ।
फोनमा २ जीबी र्याम र ३२ जीबी स्टोरेज रहेको छ, जसले २५६ जीबीसम्मको माइक्रो एसडी कार्ड सपोर्ट गर्छ ।
मात्र १६१ ग्रामको यो फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । क्यामेरामा विभिन्न इफेक्ट फिचरहरू पनि उपलब्ध रहेको छ ।
एन्ड्रोइड १० मा आधारित यो फोनमा ओएस १० रहेको छ । युवामाझमा लोकप्रिय बनेको भिभोको वाई सिरिजलाई मध्यनजर गर्दै वाई सिरिजको सस्तो फोन बजारमा ल्याएको कम्पनीको भनाइ छ ।
यो फोन मल्टिमिडिया कामका लागि ‘आइ प्रोटेक्सन’ सहित उपलब्ध भएको छ ।
४ साउन २०७८, सोमवार १३:३९ बजे प्रकाशित