मेरो शेयरमा प्रणालीमा थपियो नयाँ फिचर

४ साउन, काठमाडौं । मेरो शेयरमा नयाँ फिचर थपिएको छ । सरकारले नयाँ आव २०७८/७९ बाट नयाँ पुँजीगत लाभकर लागू गरेपछि मेरो शेयर प्रणालीमा नयाँ फिचर थपिएको हो । यसअन्तर्गत केन्द्रीय निक्षेप प्रणाली सीडीएससीले ‘मेरो शेयर’ मा ‘माई होल्डिङ्स’ नामको फिचर थपेको छ ।

लगानीकर्तालाइ शेयर होल्डका आधारमा पुँजीगत लाभकर निर्धारण गरेपछि मेरो शेयरमा शेयर अवधि गणना गर्ने यो फिचर थप भएको हो । आफूले बिक्रि गरेको शेयर कुन अवधिको हो, यकिन गरी ट्रान्सफर गर्न ’My Purchase Source मा My Holdings’ भन्ने अप्सन थपिएको सीडीएससीले जनाएको छ ।

लगानीकर्ताले यो फिचरबाट आफूले किनेको शेयर कति समय होल्ड गरेँ भन्ने कुरा सहजै थाहा हुने बताइएको छ । आइतबार साँझ ७ बजेदेखि सीडीएससीले मेरो शेयर प्रणालीमा धितोपत्रको स्वामित्वको अवधि गणना गर्ने सुविधा थप भएको जानकारी दिएको छ ।

नयाँ पुँजीगत लाभकरअनुसार लगानीकर्ताले एक वर्षभन्दा कम समयमा शेयर बेचे ७.५ प्रतिशत लाभकर र १ वर्षभन्दा बढी होल्ड गरे ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ ।

४ साउन २०७८, सोमवार १३:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु