के हो पोडकास्ट फिचर ? यो सुविधा अब फेसबुकमा पनि लागू हुने

काठमाडौं । अब फेसबुकमा पोडकास्ट सुविधा पनि थप हुने भएको छ । जुन २२ अर्थात आगामी मंगलबारदेखि फेसबुकमा पोडकास्ट सेवा थप हुने भएको हो ।

फेसबुक एपमै पोडकास्ट सुन्न र सुनाउन सकिने गरी कम्पनीले यो फिचर ल्याउन लागेको हो । अहिले सर्वाधिक रुचाइएको अडियो प्रविधि फेसबुकको न्युज फिडमा राख्दा प्रतिस्पर्धी कम्पनीका लागि चुनौती हुने अनुमान गरिएको छ ।

यो सुविधाले फेसबुकको न्युजफिडमा प्रोडकास्ट क्लिप राख्न र त्यहीँ सुन्न सकिने छ । पछिल्लो समय पोडकास्ट प्रविधि लोकप्रिय हुँदै गएपछि फेसबुक पनि यसमा जोडिएको हो ।

तपाईंले हाल चलाइरहेको पेजमा पोडकास्ट एड गर्ने प्रक्रिया सजिलो रहेको कम्पनीले जनाएको छ । फेसबुकका अनुसार क्रियटरले पोडकास्टलाई कुनै पनि समय अनपब्लिस गर्न र हटाउन सक्ने छन् । स्पोटिफाइले पनि बिहीबार स्पोटिफाई ग्रिनरूम एप सार्वजनिक गरेको छ । ट्विटरले पनि एपमा अडियो फिचर परीक्षण गरिरहेको छ ।

कुनै लिंक वा फाइल अपलोड नगरी आफूले चाहेको कुनै कार्यक्रम वा शोको आरएसएस फिड र केही सान्दर्भिक डेटा राखेर पोडकास्ट सुरु गर्न सक्ने जनाइएको छ । साथै तपाईंले कुनै पनि समयमा आफ्नो पोडकास्ट अनपब्लिस वा रिमुभ गर्न सक्नुहुनेछ ।

यदि तपाईंलाई लामो अडियोमा रुचि छ भने फेसबुकभित्रै प्रत्यक्षरुपमा पोडकास्ट सुन्ने सुविधा पाउनुहुनेछ । पोडकास्ट तपाईंको रुचिगत विषयका आधारमा देखापर्ने छन्, जसलाई सामाजिक सञ्जालभित्रका अन्य सामग्रीलाई जसरी शेयर तथा कमेन्ट गर्न सकिन्छ । फेसबुक पेजमा अडियो पोस्ट गरेपछि फलोअरले नोटिफिकेसन पाउने बताइएको छ ।

क्रिएटरले फेसबुकमा पोडकास्ट सुरू गर्न कम्पनीको टर्म्स अफ सर्भिस स्वीकार गर्नुपर्नेछ ।

पोडकास्टका साथै प्रयोगकर्ताले फेसबुकको न्युज फिडमै भ्वाइस क्लिप राख्न पाउनेछन् । यो फिचरबाट हामीले अहिलेसम्म कल्पनासमेत नगरेको एनेकडट, जोक्स, प्रेरणाका क्षण, कविता तथा अन्य धेरै कुराहरुलाई छोटो तथा अडियो क्लिपको स्वरुपमा क्याप्चर गरी फेसबुकको न्युज फिडमा राख्न मिल्नेछ ।

 

५ असार २०७८, शनिवार १६:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु