गुगल फोटोमा भिडियो पनि जुम गर्न सकिने नयाँ फिचर

गुगल फोटोले प्रयोगकर्तालाई भिडियो जुम इन र जुम आउट गर्ने नयाँ फिचर थपेको छ ।

यो फिचर विना अपडेट सीधा गुगल सर्भरमा थप गरिएको हो ।

यो फिचर एन्ड्रोइड एपमा पनि थपिएको छ । गुगल फोटोको पछिल्लो अपडेटमा यो फिचर पाउन सकिन्छ ।

भिडियोलाई डबल ट्याप गर्नासाथ भिडियो जुम इन हुन्छ ।

केही प्रयोगकर्ताले भने यो फिचर अझै नपाएको प्रतिक्रिया दिएका छन् । गुगलले यो फिचर सबै प्रयोगकर्ताका लागि अपडेट गर्नेछ ।

सर्भर साइड अपडेट गरिएको यो फिचर हालका लागि आइओएसमा भने उपलब्ध छैन ।

एपमा हालै सिनेम्याटिक फोटो फिचर पनि अपडेट गरिएको छ ।

जसमा फोटोमा थ्रीडी इफेक्ट पनि दिन सकिन्छ । यसका अलवा म्याप टाइमलाइन फिचर पनि जोडिएको छ ।

६ फागुन २०७७, बिहीवार १३:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु