मुलुकभरका लागि टेलिकमले ल्यायो फोरजीमा चल्ने वाईफाई

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु गरेको छ ।

कम्पनीले १७ औं वार्षिकोत्सको अवसरमा फोरजी वाईफाईको रुपमा बिहीबारदेखि फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सञ्चालनमा ल्याएको हो ।

 

यो सेवा मुलुकभरका लागि ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले बताए ।

कम्पनीको एफटीटीएच तथा एडीएसएल सेवा नपुेको तथा वायरलेस माध्यमबाट धेरै डेटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् ।

सीपीई कस्टमर प्रिमिसेस इक्विपमेन्ट प्रयोग गरी यो सेवामार्फत सस्तो दरमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड प्रयोग गर्न सकिनेछ ।

हाल यो सेवा प्रति महिना नौ सय रुपैयाङ्गँ ६० जीबी, १५०० रुपैयाँमा १२० जीबी र वार्षिक ९,६०० रुपैयाँमा ७२० जीबी र १६००० रुपैयाँमा १४४० जीबीमा उपलब्ध छ ।

यसमा १६००० रुपैयाँको प्याकेज लिँदा प्रति जीबी डेटाकव शुल्क ११ ११ रुपैयाँमात्र पर्न आउँछ ।

२२ माघ २०७७, बिहीवार १२:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु