फेसबुक कम्पनीमाथि जरिमाना

इटालीको मिलानस्थित पुनरावेदन अदालतले एपको नक्कल गरी इटालीको एक सफ्टवेयर डेभलपमेन्ट कम्पनीलाई क्षति पुर्‍याएको ठहर गर्दै फेसबुकलाई ३८ लाख ३० हजार युरो क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

फेसबुकले इटालीको  around  नामक एपमा रहेको  Nearby नामक फिचर कपी गरेको अदालतको ठहर छ ।

उक्त फिचरले प्रयोगकर्ताहरुले उनीहरुको नजिक रहेका पसल, क्लब, रेष्टुरेन्ट लगायतका ठाउँहरुका बारेमा जानकारी प्रदान गर्दछ ।

यसअघि प्रारम्भिक अदालतले सन् २०१९ मा फेसबुकमाथि गरेको जरिमानाको फैसला पुनरावेदन अदालतले सदर गरेको हो । तर पुनरावेदन अदालतले इटालियन कम्पनीलाई फेसबुकले तिर्नुपर्ने क्षतिपूर्ति रकमको परिमाणमा भने वृद्धि गरेको छ ।

प्रारम्भिक अदालतले फेसबुकमाथि साढे ३ लाख युरो जरिवानाको फैसला गरेको थियो ।

फेसबुकका प्रवक्ताले चाहिँ अदालतको निर्णय आफुले प्राप्त गरेको भन्दै त्यसको सावधानीपूवर्क अध्ययन भैरहेको जनाएका छन् ।

२३ पुस २०७७, बिहीवार ११:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु