वीरगन्जमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि
नारायणी अस्पतलमा बिहान मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगन्ज महानगरपालिका–२० अठराहा सुगौलीका ४७ वर्षीय पुरुषको मृत्यु भएपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदन कुमार उपाध्यायले जानकारी दिए ।
शनिबार बिहान स्वास्थ्य बिग्रिएपछि परिवारले उनलाई नारायणी अस्पताल ल्याएका थिए । उनमा स्वासप्रश्वासको समस्या देखिएको थियो । नाक र मुखबाट रगतसमेत निस्केको थियो ।
अस्पतालको आकस्मिक कक्षमा ल्याएको केही समयमै ती पुरुषको मृत्यु भएको चिकित्सकले जनाएका छन् ।
३१ साउन २०७७, शनिवार १९:०० बजे प्रकाशित













