मेडिकल कलेजहरुलाई कोरोना संक्रमितको उपचार गर्न निर्देशन

सरकारले मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोभिड १९ का विरामीहरुको उपचार गर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमितहरुका लागि वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन भनेको हो ।

यसअघि मन्त्रालयले देशभरका निजी तथा सामुदायिक अस्पतालहरुलाई २० प्रतिशत वेड कोरोना संक्रमितको लागि छुट्याउन निर्देशन दिएको थियो । साथै संक्रमितलाई आफ्नो निर्देशन विना हब अस्पतालमा रिफर नगर्न समेत भनेको छ ।

३१ साउन २०७७, शनिवार १८:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु