फिल्टरवाला मास्क नलगाउन चेतावनी, अरुलाई कोरोना सार्ने विज्ञको भनाइ

विश्वका धेरै ठाउँमा फिल्टरवाला मास्क नलगाउन चेतावनी दिन थालिएको छ।

यसै क्रममा अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रमुख स्वास्थ्य अधिकारीले आफ्ना नागरिकलाई फिल्टरवाला मास्क नलगाउन चेतावनी दिएका छन्। किनभने फिल्टर राखिएको  मास्कबाट अरूलाई कोरोना भाइरस सर्ने खतरा रहन्छ।

प्राध्यापक ब्रेट सटनले ट्विट गर्दै ‘त्यस्तो फिल्टर राखिएकोमास्कले आफूमा भएको कोरोना भाइरस बाहिर फाल्ने बताएका छन्। उनले भनेका छन्, ‘त्यस्तो मास्कले तपाईं लगाउने व्यक्तिलाई त सुरक्षित राख्न सक्छ तर तपाईंलाई संक्रमण छ भने अर्को व्यक्तिमा भाइरस जानबाट त्यसले रोक्दैन।’

फास्ट कम्पनीका अनुसार सुरुमा त्यस्तो मास्क कारखाना र कोइला खानीमा काम गर्दा लगाउने उद्देश्यले बनाइएको थियो।

त्यो मास्कमा फिल्टर राख्नुको अर्थ लगाउने व्यक्तिलाई सास फेर्न सजिलो होस् तथा लामो समयसम्म लगाउन सकियोस् अनि धुलो पनि छेकियोस् भनेर हो। तर त्यसले लगाउने व्यक्तिमा भाइरस छ भने बाहिर निस्किने र अरूलाई सार्ने विज्ञको भनाइ छ।

२३ साउन २०७७, शुक्रवार २३:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु