कोरोनाबाट भारतमा २५ नेपालीको मृत्यु
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणका कारण यो साता विश्वभर थप २८ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले जनाएको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ ।
यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा दुई जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै कोरोना संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ ।
शनिवार साँझसम्म नेपालका ५६ सहित विश्वभर २ सय ४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
१८ साउन २०७७, आइतवार ०९:०५ बजे प्रकाशित




