कोरोनाबाट अमेरिकामा १ लाख ५० हजारभन्दा धेरैको मृत्यु

१५ साउन, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा एक लाख ५० हजारभन्दा धेरै जनाको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा। एन्थोनी फाउचीले कोरोना संक्रमण तीव्र रुपमा बढ्नुमा स्वास्थ्य विशेषज्ञहरुको सल्लाह नमान्नु एक कारण रहेको बताएका छन् ।

अमेरिकापछि कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा ९० हजार १ सय ३४ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार २ सय ६५ पुगेको छ ।

१५ साउन २०७७, बिहीवार ०८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु