अर्थमन्त्री शर्माद्धारा कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब निकासा

३० असार, काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा गरेका छन् ।

आजै अर्थमन्त्रीको कार्यभार सम्हालेका मन्त्री शर्माले खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासाका लागि स्वीकृत प्रधान गरेका हुन् ।

साथै उनले सरकार जनताको जीवन रक्षाका लागि केन्द्रित रहेको बताएका छन् । मन्त्री शर्माले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम पनि स्वीकृत गरेका छन् ।

३० असार २०७८, बुधवार १३:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु