कोरोना अपडेट : ३,८५३ जना निको, २,४४४ संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन् ।

यसमध्ये काठमाडौँमा ३५५, ललितपुरमा ११२ तथा भक्तपुरमा ४७ जना रहेका छन् ।

हालसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार १८८ जना तथा एन्टिजेन विधिबाट ३३ हजार ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप ३ हजार ८५३ जना निको भएका छन् ।

नेपालमा कूल संक्रमितमध्ये ५ लाख ८८ हजार १८७ जना निको भइसकेका छन् ।

नेपालमा निको हुने दर ९२.६ प्रतिशत रहेको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० जना पुगेको छ ।

होम आइसोलेसनमा ३५ हजार ७५ जना, संस्थागत आइसोलेसनमा २८७५, आईसीयूमा ६५७ तथा भेन्टिलेटरमा १९३ जना रहेका छन् ।

कोभिड–१९ को संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ ।

हालसम्म ९ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

१४ असार २०७८, सोमवार १६:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु