५१५३ जनामा कोरोना संक्रमण, १०८ जनाको मृत्यु

२५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म ८०९८ जनाको मृत्यु भएको छ ।

२५ जेठ २०७८, मंगलवार १७:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु