उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकता छानविनको माग गर्दै प्रधानमन्त्रीलाई पत्र

उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकता छानविनको माग गर्दै प्रधानमन्त्री केपी ओली समक्ष पत्र पुगेको छ ।
नयाँ पार्टी नेपालले महतोको नागरिकता छानविन गरी आवश्यक कारबाही गरी पाउँ भन्दै प्रधानमन्त्री ओलीलाई पत्र लेखेको हो ।
‘…निज राजेन्द्र सुडी (महतो) को नागरिकताको सबालमा दशकौँ देखि आवाज उठिरहेको छ’ प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ, ‘ …आवश्यक छानविन गरी झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको पाइए … निजलाई तत्काल कानुन बमोजिम आवश्यक कारबाही गर्न …सम्माननीय प्रधानमन्त्री ज्यु समक्ष जोडदार माग गर्दछौँ ।’
पत्र हेर्नुहोस्
२५ जेठ २०७८, मंगलवार १८:२१ बजे प्रकाशित