राष्ट्रपति भण्डारीले पुटिनलाई स्पुतनिक-५ खोप खरिद सहजीकरण गरिदिन आग्रह पत्र

१६ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाएकी छन् ।

परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएको भन्दै खोप सहयोगको लागि अनुरोध गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए ।

नेपालको स्वास्थ्य सेवा विभागले उक्त खोपलाई मान्यता दिइसकेको छ । ‘खोप कुटनीति’ अन्तर्गत राष्ट्रपतिले यहि व्यहोराको पत्र खोप उत्पादक मुलुक अमेरिका, भारतका राष्ट्रपतिलाई पठाइसकेकी छन् ।

त्यस्तै चीनका राष्ट्रपति सी जिनपिङसँग राष्ट्रपतिको पौने एक घण्टा कुराकानी भएलगत्तै चीनले १० लाख डोज खोप उपलब्ध गराएको छ ।

१६ जेठ २०७८, आइतवार १३:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु