कोभिडविरुद्ध खोप लगाउने पहिलो पुरुषको निधन

विश्वमै कोभिड-१९ विरुद्ध खोप लगाउने पहिलो व्यक्तिको निधन भएको छ । बेलायतका ८१ वर्षे विलियम सेक्सपियरको निधन भएको हो । बेलायती सञ्‍चारमाध्यमहरूको अनुसार सेक्सपियरको कोभिडसँग असम्बन्धित बिमारीका कारण निधन भएको हो ।

गत वर्ष डिसेम्बर ८ मा युनिभर्सिटी हस्पिटल कन्भेन्ट्री एन्ड वार्विक्सायरमा उनले खोप लगाएका थिए । ९१ वर्षिय महिला मार्गारेट किननपछि उनले पहिलो फाइजर बायोटेक खोप लगाएका थिए ।

बील सेक्सपियरका नामले पनि चिनिने उनी कुशल फोटोग्राफर थिए । उनकी पत्नी जोय, दुई छोरा र नाती नातिना छन् ।

१२ जेठ २०७८, बुधवार १४:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु