प्रविधिलाई होइन, मौलिक रुपमा बालबालिकाको सिकाइमा ध्यान दिऔँ : शिक्षाविद् दाहाल

वैकल्पिक शिक्षणका क्रममा बालमनोविज्ञानलाई ध्यान दिन शिक्षाविद्ले आग्रह गरेका छन् । वैकल्पिक शिक्षाका नाममा बालबालिकालाई दबाब दिने र प्रविधिमा मात्रै अल्झाइरहने प्रवृत्तिमा ख्याल गर्न शिक्षाविद्ले आग्रह गरेका हुन् ।

कोभिड १९ महामारीमा विद्यालय बन्द भएर वैकल्पिक माध्यमबाट पठनपाठन भइरहेका बेला बालमनोविज्ञानलाई ख्याल गर्न शिक्षाविद डा. मीनाक्षी दाहालले आग्रह गरेकी हुन् । प्रविधिमा पढाइ गर्नेभन्दा बालबालिकाको सिकाइमा ध्यान दिनुपर्ने उनको जोड छ । यसका लागि अरुको देखासिकी भन्दा आफ्नै मौलिक ज्ञान र शैलीलाई पछ्याउन पनि उनले आग्रह गरिन् ।

‘वैकल्पिक शिक्षा भनेकै प्रविधिको प्रयोग हो भन्ने बुझाइ हावी भएको छ’ गल्ली गल्ली संस्थाले आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा बालमनोविद् समेत रहेकी शिक्षाविद् दाहालले भनिन्, ‘प्रविधिलाई होइन, मौलिक रुपमा बालबालिकाको सिकाइमा ध्यान दिऔँ ।’

पछिल्लो समय वैकल्पिक शिक्षाका नाममा प्रविधिको प्रयोग बढेको छ । तर प्रविधिको प्रयोग गर्दा बालबालिकामा लत लाग्ने र सिकाइ भन्दा बढी त्यसको प्रयोगमा मात्रै ध्यान दिने हुँदा बानी तथा सिकाइमा फरक पर्ने उनको भनाइ छ ।

यस्तै शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले वैकल्पिक सिकाइलाई प्रविधिसँग मात्रै तुलना गरिनु दुःखद भएको बताए । यसबारेमा सरकारको आलोचना गरिएको भन्दै वैकल्पिक सिकाइ समयको आवश्यकता र बाध्यता भएकाले यसप्रति सकारात्मक हुन उनले आग्रह गरे ।

१२ जेठ २०७८, बुधवार १५:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु