कोरोना संक्रमण भएको / नभएको पत्ता लगाउने नयाँ तरिका

कोरोना भाइरस संक्रमण भएको नाक वा मुखमा याल वा सिंगानबाट पत्ता लगाउने गरिएकोमा नयाँ विधिको विकास भएको छ ।

कोरोना भाइरस अब श्वासका पत्ता लगाउन पत्ता लगाउन सकिने प्रविधिको विकास भएको हो । यसका लागि सरकारले नै अनुमति दिइसकेको छ । सिंगापुर नेशनल युनिभर्सिटीले डिजाइन गरेको यो प्रविधिको अब परीक्षण नै शुरु भइसकेको छ ।

मलेसियाबाट सिंगापुरको पश्चिमी क्षेत्रमा रहेको तुआन चेकपोस्ट प्रवेश गर्नेहरु सरकारले परीक्षणका लागि श्वास जाँच अनिवार्य गर्न गइरहेको छ । यदि यो टेस्टमा कुनै पनि व्यक्ति पोजेटिभ पाइए ती व्यक्तिलाई पीसीआर ल्याबको टेस्ट गर्नुपर्ने हुन्छ ।

सिंगापुर सरकारले हालै सबै यात्रुहरुको एण्टिजन र्यापिड टेस्ट गरिरहेको छ । श्वास जाँचका साथै यो टेस्ट पनि जारी भने रहिरहने बताइएको छ ।

त्यसैगरि विशेषज्ञहरुका अनुसार कोरोना परीक्षणको दायरा बढाउनु लगभग बन्द भइसकेको पर्यटन उद्योगका लागि फाइदाकारी साबित हुने बताउँछन् । अमेरिका अर्थात यूरोपेली राष्ट्रका उदाहरण दिँदै सिंगापुर पनि अब यो दिशा तर्फ अग्रसर छ ।

ब्रिथानिक्स वा ब्रेथ टेस्ट ब्रेथलाइजर जस्तै हुन्छ । प्रायः प्रहरीले रक्सी खाएर सवारी चलाउने समाउन यसको प्रयोग गर्दछन् ।

व्यक्तिले माउथपीसको भल्बमा फुक्छन् र मेसिनमा रहेको सफ्वेयर यो श्वासलाई संक्रमित व्यक्तिको श्वाससँग मिलाउँछ र केही मिनेटमै यसले नतिजा दिन्छ ।

१२ जेठ २०७८, बुधवार १३:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु