यसवर्ष पनि एसईई आन्तरिक मूल्यांकनबाट गर्ने तयारी

यस वर्षको एसईई पनि आन्तरिक मुल्यांकनबाट  भएको छ । सोमबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले यस्तो संकेत गरेका हुन् । उनले भौतिक रुपमा एसईई गर्ने अवस्था न्यून रहेको स्पष्ट पारे ।

भौतिक रुपमा गर्ने सम्भावना न्यून रहेको भन्दै श्रेष्ठले यसका लागि विभिन्न विकल्पको बारेमा छलफल भइरहेको अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै बताए ।

उनको अनुसार राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको तयार हुने भएको छ । एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र जानकारी दिने भएको छ ।

श्रेष्ठको अनुसार दुई तिन दिनभित्रमा परीक्षाको मोडालिटिको बारेमा निर्णय लिइनेछ । गत वर्ष पनि कोरोना भाइरसको महामारीका कारण आन्तरिक मूल्यांकनका आधारमा परीक्षा सम्पन्न गरी नतिजा निकालिएको थियो ।

१२ जेठ २०७८, बुधवार १३:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु