कोरोना अपडेटः २४ घण्टामा ७,४२५ संक्रमित थपिए, १८५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा मुलुकमा ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ४५३ परीक्षणमा ७ हजार १३५ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।

७ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुनेको संख्या अहिलेसम्म ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । क्वारेन्टाइनमा ९२४ जना छन् ।

उपत्यकामा २४ घण्टामा २ हजार ७८५ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार उपत्यकाका तीन जिल्लामा गरी २ हजार ७८५ जना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा १ हजार ८०६, ललितपुरमा ६८१ र भक्तपुरमा २९८ जना रहेका छन् ।

१० जेठ २०७८, सोमवार २०:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु