भारतमा निरन्तर घट्दो क्रममा नयाँ संक्रमित

भारतमा पछिल्ला केही दिन यता दैनिक कोरोना संक्रमित भेटिनेको संख्या निरन्तर घटेको छ ।

केही दिनअघि सम्म एकै दिन चार लाखको हाराहारीमा संक्रमित भेटिने गरे पनि केही दिन यता यो संख्या ओरालो लागेको छ। यस्तै निको भएर अस्पतालबाट घर फर्किनेको संख्या पनि उच्च हुँदै गएको छ ।

भारतमा पछिल्लो चौबिस घण्टामा २ लाख ८१ हजार ३८६ जना नयाँ संक्रमित फेला परेका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ३ लाख ७८ हजार ७४१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

१५ लाख ७३ हजार ५१५ नमूना परीक्षण गरिएको थियो । विगत केही हप्तादेखि लगातार तीन लाख भन्दा धेरै संक्रमित थपिने गरेका दैनिक रुपमा थिए ।

अघिल्लो दिन भारतमा ३ लाख ११ हजार भन्दा धेरै संक्रमित थपिएका थिए भने ४०७७ जनाको मृत्यु भएको थियो। ३ लाख ६२ हजार संक्रमित निको भएर अस्पतालबाड डिस्चार्ज भएका थिए ।

अघिल्लो दिनको तुलनामा पछिल्लो चौबिस घण्टामा नयाँ संक्रमितको संख्या ह्वात्तै घटेको छ भने मृत्यु हुनेको संख्यामा पनि केही कमि आएको छ ।

चौबिस घण्टामा थप ४ हजार १०६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या २ लाख ७४ हजार ३९० पुगेको छ।

कुल संक्रमितको संख्या २ करोड ४९ लाख ६५ हजार ४६३ पुगेको छ। अहिलेसम्म २ करोड ११ लाख ७४ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन्।

अहिले भारतमा ३५ लाख १६ हजार ९९७ सक्रिय संक्रमित छन्। भारतमा १८ करोड २९ लाख भन्दा धेरै मानिसलाई कोरोनाविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकिएको छ।

३ जेठ २०७८, सोमवार १०:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु