कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण
२९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।
२९ वैशाख २०७८, बुधवार १६:४२ बजे प्रकाशित





