प्रधानमन्त्री ओलीले गराए कोरोना परीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको लागि थ्रोट स्वाब नमूना संकलन गरिएको छ ।

प्रधानमन्त्री ओलीले पिसिआर परीक्षणका लागि स्वाव दिएका छन ।

आज बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसद बैठक डाकिएकाले यसअघि नै प्रतिनिधिसभा सांसदहरूको समेत कोरोना परीक्षण गरिसकिएको छ  ।

२४ वैशाख २०७८, शुक्रवार १४:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु