कोरोनाबाट एकैदिन ५५ को मृत्यु, ७ हजार ६६० जनामा संक्रमण
मृतकको संख्या ३ हजार ४१७ पुग्यो

नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण र मृत्युको नयाँ रेकर्ड बन्दै गइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च ७ हजार ६६० जनामा संक्रमण र ५५ जनाको मृत्यु पुष्टी भएको छ ।
योसँगै निको हासम्म कोरोना संक्रमण पुष्टी हुनेको कूल संख्या ३ लाख ५१ हजार ५ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ३ हजार ४१७ जना पुगेको छ ।
बितेको २४ घण्टामा १६ हजार ७०२ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा ७ हजार ५८७ जना र ५७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७३ जनामा संक्रमण पुष्टी भएको हो ।
त्यस्तै, बितेको २४ घण्टामा एक हजार ७७५ जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको कूल संख्या २ लाख ८७ हजार ७९० पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ जना रहेको छ भने २५३ जना क्वारेन्टाइनमा रहेको छ ।
२१ वैशाख २०७८, मंगलवार १८:२१ बजे प्रकाशित