थप ७८ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

चार हजार एक सय २७ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको छ ।

नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार दुई सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ७२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार पाँच सय ४३ पुगेको छ ।

अहिले नौ सय ७४ जना आइसोलेशनमा रहेका छन् ।

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा दुई हजार सात सय ७७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

१८ फागुन २०७७, मंगलवार १६:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु