नेपालमा नयाँ संक्रमण पहिचानका लागि मेसिन ल्याउँदै

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा जिन सिक्वेन्सिङ मेसिन (सिक्वेन्सर) ल्याउने तयारी अघि बढाएको छ ।

ब्याक्टेरियाको नयाँ प्रजाति पत्ता लगाउन प्रयोग गरिने मेसिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा राख्ने जनाइएको छ ।

मेसिन खरिदका लागि विभिन्न निकायहरुसँग छलफल भइरहेको महाशाखा प्रमुख डा। कृष्णप्रसाद पौडेलले बताए ।

यसअघि, कोभिड–१९ को नयाँ प्रजाति पहिचानका लागि गएको पुस २७ गते नेपालबाट तीनजनाको नमुना विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पठाइएको थियो ।

त्यहाँ गरिएको जिन सिक्वेन्सिङ परीक्षणमा बेलायतबाट आएका तीनजनामा यूके भेरियन्ट पहिचान भएको थियो ।

के हो जिन सिक्वेन्सर
जिन सिक्वेन्सिङ मानिसमा भएको संक्रमणको नयाँ प्रजाति पहिचानका लागि अपनाइने विधि हो ।

नेपालमा हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र धुलिखेल अस्पतालमा यो विधिको प्रयोग भइरहेको छ । नास्टले किट जातिमा संक्रमणको पहिचानका लागि यसको प्रयोग गरेको पाइएको छ ।

धुलिखेल अस्पतालमा भने पाठेघरको मुखको क्यान्सर, जापनिज इन्सेप्लाइटिस, म्यानेन्जाइटिसलगायतका संक्रमणको पहिचानका लागि जिन सिक्वेन्सिङ गर्ने गरिएको अस्पतालका प्रमुख औषधिविज्ञ डा. राजीव श्रेष्ठले बताए ।

पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको नयाँ भेरियन्ट पहिचानका लागि पठाएका ६ वटा नमुनासमेत धुलिखेल अस्पतालबाट सिक्वेन्सिङ गरिएको थियो ।

कस्तो सिक्वेन्सर ल्याउन खोज्दै छ सरकार रु
जिन सिक्वेन्सिङका लागि प्रयोग हुने दुईमध्ये नेपालले मेटाजेनोमिक मेसिन खरिद गर्न लागेको हो । अर्थात् संक्रमणको प्रजाति वर्गीकरण गर्न सकिन्छ ।

यसले भाइसर म्युटेसन भएको छ या छैन भनी पहिचान गर्न सहज हुन्छ ।

सिक्वेन्सरको माध्यमबाट अन्य संक्रामक रोगहरुको पहिचान गर्नसमेत सहज हुने र नेपालजस्तो मुलुकका लागि नयाँ रोग पहिचानका लागि निकै उपयोगी हुने डा.श्रेष्ठ बताउँछन् ।

सिक्वेन्सरमा एकपटकमा १०० वटासम्म नमुना परीक्षण गर्न सकिने उनको भनाइ छ ।

मेसिन खरिद गर्न कति खर्च लाग्छ
धुलिखेल अस्पतालमा हाल प्रयोगमा रहेको होल जिनोम सिक्वेन्सिङ मेसिन महँगो सिक्वेन्सरमा गनिन्छ ।

नेपालले हाल खरिद गर्न लागेको मेटाजेनोमिक मेसिन भने ८०० देखि ११ सय डलरसम्म पर्नसक्ने अुनमान गरिएको छ ।

डा. पौडेलका अनुसार भरतबाट ल्याउने या अन्य देशबाट खरिद गर्ने भन्नेबारे हाल मन्त्रालयमा छलफल भइरहेको छ ।

१२ फागुन २०७७, बुधवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु