थप ९४ मा कोरोना पुष्टि हुँदा एकको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ हजार ६ सय ९२ पीसीआर परीक्षणमा ९४ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २, ललितपुरमा १२ र काठमाडौंमा ३३ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ ।

हालसम्म १ हजार ५ सय ५५ जना सक्रिय संक्रमित छन् ।

साथै आज ७१ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको छ ।

आज कोरोनाबाट एक जनाको मृत्यु भए सँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या २ हजार ६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१२ फागुन २०७७, बुधवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु