होम आइसोलेसनमा बसेका दुई कोरोना संक्रमितको मृत्यु
बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ।
होम आइसोलेसनमा बसेका नेपालगञ्जका दुई जना पुरुषको मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ७० वर्षीय पुरुषको गएराति साढे ९ बजे र वडा नम्बर १ धम्बोझीका ४९ बर्षीय पुरुषको आज विहान सवा ६ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
योसँगै कोरोनाबाट बाँकेका ५१ जनाको मृत्यु भएको छ ।
६ माघ २०७७, मंगलवार १२:०२ बजे प्रकाशित





