विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो
विश्वभर कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या पाँच करोड नाघेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या पाँच करोड चार लाख सात हजार ४१० पुगेको छ ।
आइतबार मात्र विश्वभर पाँच लाख ६० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै अहिलेसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १२ लाख ५६ हजार २५४ पुगेको छ । आइतबार मात्र विश्वभर कोरोनाबाट पाँच हजार ७४१ जनाको मृत्यु भएको हो ।
२४ कात्तिक २०७७, सोमवार १४:३६ बजे प्रकाशित





