३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोनाले भेट्टायो
तीन जना मन्त्री सहित २४ जना संघीय सांसद कोरोना संक्रमित भएका छन् ।
सबैभन्दा पहिले गत साउन १६ गते सांसद प्रदिप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसयता हालसम्म तीन मन्त्री सहित २४ जना संघीय सांसदलाई कोरोना संक्रमण भएको संसद सचिवालयले जनाएको छ ।
कोरोना संक्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, भौत्तिक योजना तथा पूर्वाधार मन्त्री बसन्त नेम्वाङ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल छन् ।
तीनै जना मन्त्री अहिले भने कोरोना मुक्त भइसकेका छन् ।
संघीय संसद सचिवालयका अनुसार एक जना सांसद अस्पतालमा उपचाररत छन ।
६ जना कोरोना निको हुने क्रममा छन् । बाँकी १५ जना सांसद पनि कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।
१४ कात्तिक २०७७, शुक्रवार १८:३७ बजे प्रकाशित
 
						 




